ताइवान टापु वरिपरि चीनको जल र हवाई सैन्य अभ्यास सुरु – Nepal Press

ताइवान टापु वरिपरि चीनको जल र हवाई सैन्य अभ्यास सुरु

काठमाडौं । चीनले ताइवान टापुको वरिपरि जल तथा हवाई सैन्य अभ्यास सुरु गरेको छ ।

रुसी विश्व च्यालन आरटीका अनुसार रुसले अभ्यासमा चीनको जनमुक्ति सेनाको जल सेना, हवाई सेना तथा रकेट सेनाले संयुक्त अभ्यास गर्नेछन् ।

ताइवानलाई अलग बनाउनेहरूलाई सचेतना तथा कारबाहीको सैन्य अभ्यास भएको चीनले सार्वजनिक सूचनामा जानकारी दिएको छ ।

बिहीबार र शुक्रवार हुने सैन्य अभ्यास ताइवान टापु तथा अरू साना टापुको वरिपरि हुनेछ ।

सन १९४९ अक्टोबर १ मा माओको नेतृत्वमा चीनमा जनवादी गणतन्त्र चीन स्थापना भएसँगै चीनका तत्काल शासक चेङ काई सेक भागेर ताइवान टापुमा पुगेका थिए ।

त्यहिबेलाबाट फरक फरक रूपमा शासित भएका हुन चीन र ताइवान ।

ताइवानलाई विश्वका १२ देशले मात्रै स्वतन्त्र देशको मान्यता दिएका छन् भने त्यसरी मान्यता दिनेमा संयुक्त राष्ट्रसंघ तथा सुरक्षा परिषद्का कुनै पनि सदस्य राष्ट्रहरू छैनन् ।

ताइवान टापुका नवनिर्वाचित स्वतन्त्र ताइवान पक्षधर राष्ट्रपति लाइ चिङ तले कार्यकाल सम्हालेको तीन दिनपछि चीनको सैन्य अभ्यास भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर