इन्धन सकिएपछि एलन मस्कको रकेट चन्द्रमामा ठोक्किँदै : गुरुत्वाकर्षणको तानातानले मोडियो बाटो – Nepal Press

इन्धन सकिएपछि एलन मस्कको रकेट चन्द्रमामा ठोक्किँदै : गुरुत्वाकर्षणको तानातानले मोडियो बाटो

क्यालिफोर्निया । अमेरिकी धनाढ्य एलन मस्कको कम्पनीले प्रक्षेपण गरेको एउटा रकेट चन्द्रमामा ठोकिने भएको छ । मस्कको कम्पनी स्पेस एक्सले बनाएको फाल्कोन-९ रकेट चन्द्रमामा ठोकिएर ध्वस्त हुन लागेको जनाइएको छ ।

सन् २०१५ मा प्रक्षेपण गरिएको उक्त रकेटले आफ्नो मिसन पुरा गरेपनि इन्धन अभावमा पृथ्वीमा फर्कन पाएको थिएन । अन्तरीक्षमै अड्किएपछि उक्त रकेट ‘स्पेस डेब्रिस’ बनेको थियो । खगोलविद्हरुले यो घटनालाई पहिलो पटक अनियन्त्रित रकेट चन्द्रमामा ठोकिएकोरुपमा लिने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । चन्द्रमामा ठोकिएपनि रकेटमा खासै क्षति नहुने जनाइएको छ ।

यो रकेटलाई सात वर्षअघि पृथ्वीको माथिल्लो कक्षबाट छाडिएको थियो । अन्तरीक्षको मौसम मापन गर्ने एउटा भू–उपग्रह छाड्नका लागि फाल्कोन–९ बुस्टर गएको थियो । इन्धन सकिएपछि उक्त रकेटलाई पृथ्वी, चन्द्रमा र सूर्यको गुरुत्वाकर्षण बलले आफूतिर खिच्ने गरेको थियो । यसरी रकेटको पथमा परिवर्तन आएको थियो ।

आफ्नो गति र दिशामा नहिँडेपछि उक्त रकेट निष्क्रियजस्तै भएको थियो । फाल्कोन–९ को बारेमा पत्रकार इरिक वर्गरले एउटा स्पेस वेबसाइट र तथ्यांकशाष्त्री बिल ग्रेले पत्ता लगाएका थिए । रकेट आगामी मार्च ४ तारिखमा चन्द्रमामा ठोकिन सक्ने अमेरिकास्थित हावर्ड स्मिथसोनियन सेन्टर फर एसमिडोबेलले बीबीसीलाई बताएका छन् ।

यो रकेट इन्जिनसहित धातुबाट निर्मित चार टनको ठूलो ट्यांक आकारमा रहेको छ । रकेटले चन्द्रमामा सानो मानवनिर्मित खाल्डो (क्रेटर) बनाउनेछ । सफ्टवेयरमार्फत पृथ्वीनजिकैको वस्तु ट्रयाक गर्दै आएका बिल ग्रेले उक्त रकेट चन्द्रमा नजिक जनवरी ५ मा पुगेको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर