युक्रेन संकट समाधानमा अमेरिकाले खोज्यो चिनियाँ साथ, मस्कोलाई मनाउन बेइजिङलाई आग्रह – Nepal Press

युक्रेन संकट समाधानमा अमेरिकाले खोज्यो चिनियाँ साथ, मस्कोलाई मनाउन बेइजिङलाई आग्रह

बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच बिहीबार फोनवार्ता भएको छ । दुई नेताबीचमा दुई द्धिपक्षीय सम्बन्ध, आपसी सहयोग र समझदारीका विषयमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयले बिहीबार विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीअनुसार उनीहरुबीच पछिल्लो समयमा युक्रेनमा भएको राजनीतिक विकासक्रमका विषयमा पनि कुराकानी भएको थियो । युक्रेनमा रुसले आक्रमण गर्ने योजना बनाएको भन्दै त्यहाँ रहेका आफ्ना दूताबासहरुबाट अमेरिका, बेलायतलगायतका केही देशले आफ्ना कर्मचारीहरु फिर्ता बोलाएका छन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार युक्रेन संकट समाधानका लागि अमेरिकाले चिनियाँ सहयोग पनि खोजेको जनाइएको छ । खासगरि, रुसलाई मनाउन चीनले आफ्नो प्रभाव प्रयोग गर्नुपर्नेमा अमेरिकाको आग्रह रहेको जनाइएको छ ।

तर त्यहाँ आक्रमणको कुनै पनि योजना नरहेको रुसले दाबी गर्दै आएको छ । कतिपय विदेशी मिडियाहरुले युक्रेनको सीमा क्षेत्र नजिकै रुसले ठूलो संख्यामा रुसी सेना राखेको बताउँदै आएका छन् । यसका अतिरिक्त उहाँहरुबीच केही समय अघि भएको चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भिडियो कन्फ्रेन्समा भएको द्धिपक्षीय विषयहरुको कार्यान्वयनका विषयमा बढी कुराकानी भएको थियो ।

चिनियाँ विदेश मन्त्रालयले उक्त द्धिपक्षीय वार्ताका क्रममा केही समय अघि भएको दुई देशका राष्ट्रपतिहरुबीचको समझ्दारीको कार्यान्वयनका विषयमा बढी केन्द्रित भएको जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर