भारतमा ओमिक्रोनको उप-प्रजाति ‘बीए-२’ संक्रमण पुष्टि, ४ बालबालिकासहित १६ जनामा संक्रमण – Nepal Press

भारतमा ओमिक्रोनको उप-प्रजाति ‘बीए-२’ संक्रमण पुष्टि, ४ बालबालिकासहित १६ जनामा संक्रमण

नयाँदिल्ली । विश्वभर फैलिएको कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्टपछि सोही प्रजातिको नयाँ रुप भारतमा संक्रमण पुष्टि भएको छ । त्यहाँ ओमीक्रोन भेरियन्टको उप-प्रजाति ‘बीए-२’ फेला परेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

मध्यप्रदेश राज्यमा १६ जनामा ओमिक्रोनको उप-प्रजाति संक्रमण पुष्टि भएको छ । देशभरबाट ५३० वटा नमूना परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् । मध्य प्रदेशको इन्दोर शहरका ६ जना बालकालिकासहित १६ जनामा उक्त भेरिएन्ट पुष्टि भएको हो ।

यो भेरिएन्ट बेलायत, अस्ट्रेलिया र डेनमार्कमा पनि फेला परिसकेको छ । यो भेरिएन्ट ओमीक्रोन जस्तै तीब्र गतिमा फैलने र यसको पहिचान गर्न कठिन भएको विज्ञहरु बताउँछन् ।

अहिलेका परीक्षण कीटबाट यो भेरिएन्टलाई पत्ता लगाउन निकै कठिन रहेकाले यसलाई ‘स्टेल्थ’ अर्थात लुकेको भेरियन्ट पनि भनिएको छ । बेलायत, स्वीडेन र सिङ्गापुरका प्रत्येक देशले एक सयभन्दा बढी नमूना परीक्षणका लागि पठाएका छन् । भाष्कर दैनिक


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर