काठमाडौं उपत्यकामा ३ हजार संक्रमित थपिए, ४९ हजार सक्रिय संक्रमित – Nepal Press

काठमाडौं उपत्यकामा ३ हजार संक्रमित थपिए, ४९ हजार सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार काठमाडौं उपत्यकामा ३ हजार ७९१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

जसमा काठमाडौंमा २८६८ जना, भक्तपुरमा ३२१ जना र ललितपुरमा ६०२ जना रहेका छन् ।

साथै काठमाडौं, भक्तपुर र ललितपुरमा ४९ हजार भन्दा बढी कोरोनाभाइरसको सक्रिय संक्रमित छन् भने ३४०६ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

मन्त्रालयका अनुसार देशभर १५ वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् भने १८ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर