डब्लुएचओलाई थप आर्थिक सहायता गर्न अमेरिकाद्वारा अस्वीकार – Nepal Press

डब्लुएचओलाई थप आर्थिक सहायता गर्न अमेरिकाद्वारा अस्वीकार

रोयटर्स । अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई गर्दै आएको आर्थिक सहयोग रोक्ने संकेत दिएको छ । रोयटर्सका अनुसार डब्लुएचओलाई स्वायत्त बनाउनुपर्ने विषयमाथिको छलफलमा अमेरिकी प्रतिनिधिले संस्थाका भविष्यका योजनालाई अस्वीकार गरेको जनाइएको छ ।

उक्त छलफलमा सहभागी चारजना अधिकारीहरुले डब्लुएचओको स्वायत्त प्रस्तावलाई अमेरिकी प्रतिनिधिले अस्वीकार गरेको बताए । यो कदमसँगै बाइडेन प्रशासनले डब्लुएचओलाई दिँदै आएको आर्थिक सहायताको भविष्यमा आशंका पैदा भएको छ ।

गत जनवरी ४ मा प्रकाशित डब्लुएचओको एक प्रतिवेदनमा सदस्य मुलुकहरुले वार्षिकरुपमा गर्दै आएको आर्थिक सहायतालाई वृद्धि गर्ने प्रस्ताव उल्लेख थियो ।

कोभिड–१९ महामारीको संकटमा विश्व स्वास्थ्यको सर्वोच्च निकायलाई बलियो बनाउनुपर्छ आवाजहरुबीच अमेरिकाले सहायता प्रस्ताव वृद्धि गर्ने कुरालाई नकारेको हो । भविष्यमा आइपर्ने महामारीलाई डब्लुएचओले नियन्त्रण गर्न नसक्ने देखेर अमेरिकाले यस्तो निर्णय गरेको चीन र अमेरिकी अधिकारीले जनाएका छन् ।

पछिल्लो समय स्वास्थ्य आपतकाललाई सम्बोधन गर्दै अलग्गै कोष खडा गर्न पहल गर्नुको सट्ट दातृ मुलुकहरुले नै डब्लुएचओलाई निणन्त्रण गर्न प्रयत्न गरिरहेका छन् ।

उक्त छलफलमा सहभागी चारजना युरोपेली प्रतिनिधिले अमेरिकाले डब्लुएचओको प्रस्तावलाई अस्वीकार गरेको बताए । डब्लुएचओको सार्वजनिक नयाँ प्रस्तावमा सन् २०२४ देखि दातृ मुलुकले दिँदै आएको अनुदानलाई बढाउँदै लगेर सन् २०२८ मा २ बिलियन डलर बढाउने उल्लेख छ ।

तर, डब्लुएचओको यो प्रस्तावमा जर्मनी, दक्षिण अफ्रिकी, दक्षिण एसियाली मुलुक, दक्षिण अमेरिकी र अरब मुलुकहरुले समर्थन जनाएका छन् । आगामी साता बस्ने डब्लुएचओको बोर्ड बैठकमा यो प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर