आज सर्वदलीय बैठक नबस्ने, सरकारका प्रवक्ता भन्छन्– बैठक बोलाइएकै थिएन – Nepal Press

आज सर्वदलीय बैठक नबस्ने, सरकारका प्रवक्ता भन्छन्– बैठक बोलाइएकै थिएन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको भनिएको सर्वदलीय बैठक नबस्ने भएको छ । सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आज बैठक नै नबोलाएको बताए ।

हिजो गठबन्धनका केही नेता र प्रधानमन्त्रीकाे सचिवालयले आज बैठक बस्ने बताएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित हुने भएपछि बैठक रोकिएको हुनसक्ने बुझिएको छ ।

बैठक अहिले बिहान ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने भनिएको थियो ।

शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको थिए ।

सर्वदलीय बैठक बोलाउनुअघि कांग्रेस सभापतिसमेत रहेका देउवाले शुक्रबार साँझ पार्टीका नेताहरूसँग छलफल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर