फिल्ममा फर्कन तौल घटाउँदै प्रियंका, सन्तान जन्माएपछि कमब्याक तयारी – Nepal Press

फिल्ममा फर्कन तौल घटाउँदै प्रियंका, सन्तान जन्माएपछि कमब्याक तयारी

काठमाडौं । पहिलो सन्तानलाई जन्म दिएपछि अभिनेत्री प्रियंका कार्कीको पछिल्लो दैनिकी घरमै बितिरहेको छ । फिल्म तथा आफ्ना निजी कारणले चर्चामा आइरहने प्रियंकाले आमा बनेपछि छोरीलाई समय दिएकी छिन् र उनको टाइमलाइन हेर्दा पनि सन्तानको हेरचाहमा बितिरहेको रुपमा देख्न सकिन्छ ।

सन्तान जन्माउनुअघि विभिन्न कारणले चर्चामा आएकी प्रियंकाको चर्चा भने पछिल्लो समय सेलाएको छ । उनी निकट स्रोतका अनुसार अबको उनको ध्यान कला क्षेत्रमा फर्कनेतर्फ अघि बढेको छ । आमा बनेपछि निकै मोटाएकी प्रियंकाले अभिनयमा फर्कनुअघि पुनः तौल घटाउने तयारी गरेकी छिन् ।

हुन त, प्रियंका अभिनित पछिल्ला फिल्म र प्रोजेक्टहरु व्यवसायिकरुपमा सफल थिएनन् तर, उनले आगामी करिअरलाई कसरी अघि बढाउनेछिन् भन्ने कुरा फ्यानमाझ चासोको विषय बनेको छ । अभिनयमा फर्किने तयारी गरिरहेकी प्रियंकाले अहिले तौल घटाइरहेकी छिन् । यस बीचमा साढे पाँच किलो तौल घटाइसकेको उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा बताएकी छिन् ।

फिगरमा निकै ध्यान दिने प्रियंका फुडी चाहिँ होइनन् । उनी फिल्मको सुटिङ सेटमा कैंयनपटक बेहोस पनि भएकी छिन् । सन्तान जन्माएपछिकी प्रियंकाले के आफ्नो करिअरलाई पुनः पुरानै उचाइमा लैजान सक्लिन् ? फ्यानमाझ यो जिज्ञासा चुलिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर