अष्ट्रेलियन ओपन : नाडाल र बेरेटोनीको विजयी सुरुवात – Nepal Press

अष्ट्रेलियन ओपन : नाडाल र बेरेटोनीको विजयी सुरुवात

काठमाडौं । राफेल नाडालले अष्ट्रेलियन ओपनको पहिलो चरणमा मार्कोस गिरोनलाई पराजित गर्दै कीर्तिमानी २१औं ग्राण्डस्लाम उपाधिका लागि विजयी सुरुवात गरेका छन् ।

विश्व वरियताको छौठौं नम्बरका एकमात्र पूर्व च्याम्पियनले पुरुषतर्फ अमेरिकी गिरोनलाई ६–२, ६–४, ६–२ को सोझो सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाएका हुन् ।

स्पेनिस नाडालले दोस्रो चरणमा यान्निक हान्फमानसँग प्रतिस्पर्धा गर्नेछन् । यान्निकले पहिलो चरणमा अष्ट्रेलियाका थानासीलाई ६–२, ६–३, ६–२ को नतिजामा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका थिए ।

यस्तै, विश्व नम्बर सात माटेओ बेरेटिनी ब्रान्डोन नाकासिमालाई ४–६, ६–२, ७–६९७–५० को नतिजामा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।

बेरेटिनीले तेस्रो चरण प्रवेशका लागि अमेरिकी स्टेफन कोजलोभसँग प्रतिस्पर्धा गर्नेछन् । कोजलोभले पहिलो चरणमा जिरी भेस्लीलाई ७–५, ६–३, ६–४ को नतिजामा पराजित गर्दै दोस्रो चरणमा पुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *