कुलमानको तारिफ गर्दै मन्त्री आलेले भने- नेवानीलाई उकास्न उहाँको व्यवस्थापन अनुसरण गरौं (भिडिओ) – Nepal Press

कुलमानको तारिफ गर्दै मन्त्री आलेले भने- नेवानीलाई उकास्न उहाँको व्यवस्थापन अनुसरण गरौं (भिडिओ)

काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले धराशायी बनेको नेपाल वायुसेवा निगमलाई उकास्न विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको कार्यशैली अनुसरण गर्नुपर्ने बताएका छन् ।

विद्युतीय सामान आयातका लागि ढुवानीसम्बन्धी मन्त्रालयमा आयोजित सम्झौता समारोहमा मन्त्री आलेले लोडसेडिङ अन्त्यका लागि कुलमानको व्यवस्थापनको तारिफ गरेका हुन् ।

‘हामीले अरुको नक्कल गर्नु जरुरी छैन तर करोडौं घाटामा रहेको प्राधिकरण अहिले करोडौं नाफामा पुगेको छ यो नै हाम्रो लागि एउटा उदाहारण हो अब नेपाल वायुसेवा निगमले पनि अनुसरण गर्नुपर्छ’, उनले भने ।

चुस्तदुरुस्त व्यवस्थापनमा योजनाबद्ध काम भए अझै पनि देशको नम्बर एक र विश्वभर सञ्जाल फैलाउन सक्ने सम्भावनामा निगम रहेको मन्त्री आलेको भनाइ छ ।

मन्त्री आलेले तत्काल नतिजामुखी काम गरेर देखाउन कर्मचारी र सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर