हुम्लाको सर्केगाडमा सांसद सुनिल शर्माको स्वास्थ्य शिविर, १४७ जनालाई केएमसीमा शल्यक्रिया गरिने – Nepal Press

हुम्लाको सर्केगाडमा सांसद सुनिल शर्माको स्वास्थ्य शिविर, १४७ जनालाई केएमसीमा शल्यक्रिया गरिने

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकामा नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सांसद सुनिल शर्माले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।

सोमबार भएको स्वास्थ्य शिविरमा १७०० जनाभन्दा बढीको चेक जाँच गरिएको थियो ।

चेकजाँचका क्रममा १४७ जना बिरामीलाई शल्यक्रियाको लागि सिनामंगलस्थित केएमसी मेडिकल कलेजमा रिफर गरिएको सांसद शर्माले जानकारी दिएका छन् ।

तस्बिरहरु: 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *