जम्मू कास्मिरकाे वैष्णवदेवी मन्दिरमा भागदौडः कम्तिमा १२ श्रद्धालुको मृत्यु – Nepal Press

जम्मू कास्मिरकाे वैष्णवदेवी मन्दिरमा भागदौडः कम्तिमा १२ श्रद्धालुको मृत्यु

जनकपुरधाम । भारतको जम्मू कस्मिरमा पर्ने माता वैष्णवदेवी मन्दिरमा भागदौड मच्चिँदा कम्तिमा १२ श्रद्धालुको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

घाइतेहरुको कटरा अस्पताल र नारायणा अस्पतालमा उपचार भइरहेको भारतीय सन्चारमाध्यमले जानकारी दिएका छन् ।

आजबाट अंग्रेजी नयाँवर्ष २०२२ सुरु भएको छ । हरेक वर्षको पहिलो दिन माता वैष्णवदेवी मन्दिरमा नेपालसहित देशका लाखौं हिन्दु धर्मावलम्वीहरु जम्मा हुन्छन् । गएराति अत्यधिक भीड रहेको बेला अचानक भागदौड मच्चिएको बताइएको छ । भागदौडको कारण भने खुलेको छैन ।

प्रहरीले अहिले स्थिति नियन्त्रणमा आइसकेको जनाएको छ । मृतकको संख्या भने बढ्न सक्ने अनुमान छ । घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गरेका छन् । उनले घाइतेको उपचारमा जुट्न स्थानीय अधिकारीलाई निर्देशन दिँदै उनीहरुको शीघ्र स्वास्थ्य लाभका कामना गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर