सुवासले एमाले छाड्दा सिन्धु राजनीतिमा किन आयो तरंग ? – Nepal Press

सुवासले एमाले छाड्दा सिन्धु राजनीतिमा किन आयो तरंग ?

अर्को पक्षका नेता भन्छन्– पार्टीले चार/चार पटक टिकट दिएर तपाईलाई अन्याय गर्यो ?

सिन्धुपाल्चोक । नेकपा एमालेमा झण्डै ४० वर्ष राजनीतिक जीवन बिताएका पूर्व सासंद सुवास कर्माचार्यले आइतबार सामाजिक सञ्जाल मार्फत आफुले एमाले परित्याग गरेको घोषणा गरेका छन् ।

लामो समय एमालेमा बिताएका कर्माचार्यले एमाले परित्याग गरेको घोषणा गरेपछि सिन्धुपाल्चोकको राजनीतिमा तरंग उत्पन्न भएको छ ।

एमालेका धेरै नेता कार्यकर्ताहरुले फोन र समाजिक सञ्जाल मार्फत एमालेमा नै रहन कर्माचार्यलाई आग्रह गरेका छन् भने अन्य राजनीतिक दलहरुले अन्यायमा परेपछि विद्रोह गर्नु स्वभाविक भएको प्रतिक्रिया दिएका छन् ।

कर्माचार्यको यो घोषणाले सबैभन्दा बढी उत्साही नेकपा समाजवादीका नेता कार्यकर्ताहरु देखिएका छन् भने एमालेका कार्यकर्ताहरु निराश भएका छन् ।

दुई कार्यकाल एमाले सिन्धुपाल्चोकको पार्टी प्रमुख भएका कर्माचार्य २०५६ सालमा सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट सासंदमा निर्वाचित भएका थिए ।

भुगोलको पार्टी काममा सक्रिय कर्माचार्य एमालेका तल्लो कार्यकर्ता माझ निकै लोकप्रिय नेताको रुपमा परिचित छन् । एमाले स्थायी कमिटी सदस्यमा निर्वाचित शेरबहादुर तामाङ,पोलिटब्युरो सदस्य अरुण नेपाल, केन्द्रीय सदस्य सरेश नेपालसँग समकालिन नेता कर्माचार्य नेकपा एमालेको दशौ महाधिवेशनमा केन्द्रीय सदस्यको आकांक्षी थिए ।

समकालिन नेताहरु केन्द्रीय सदस्य हुँदै गर्दा कर्माचार्य नपरेपछि उनी असन्तुष्ट रहदै आएका थिए । यद्यपी यी मध्ये सरेशबाहेक सबै पूरानै केन्द्रीय कमिटीमा थिए भने सरेश केन्द्रीय लेखा आयोगको सदस्य भइसकेका थिए ।

एमालेमा केपी ओली र माधव नेपाल समूह हुँदा उनी नेपाल निकट थिए । माधव नेपाललले एमाले छाडेर नयाँ पार्टी गठन गरेपनि कर्माचार्य भने पार्टी एकताको पक्षमा नै उभिएका थिए ।

‘मैले एमाले एकताको पक्षमा नै रहने निर्णय गरेको थिएँ,तर एमालेभित्र मौलाएको व्यक्तिवादी प्रवृतिका कारण त्यहाँ बस्न सकिन’ कर्माचार्यले भने । कर्माचार्यले सिन्धुपाल्चोककै नेताहरुको व्यक्तिवादी सोचका कारण आफुमाथी अन्याय गरेको आरोप लगाउँछन् ।

उनले भने– समाकालीन नेताहरुले नै ममाथि ठुलो षडयन्त्र गरे,अपमानित र निरीह भएर एमालेमा बसिरहनुको औचित्य देखिन,त्यसैले आत्ससम्मानको लागि मैले एमालेबाट विद्रोह गरेँ ।

यसरी हुन सकेनन् कर्माचार्य केन्द्रीय सदस्य

नेकपा एमालेको नवौ महाधिवेशनमा पनि कर्माचार्यले जनजाति समुहबाट केन्द्रीय सदस्यमा उमेदवारी दिएका थिए । त्यतिबेला उनको प्रतिष्पर्धा एउटै टिमका शेरबहादुर तामाङसँग भएपछि उनी थोरै मतले केन्द्रीय सदस्य हुन सकेका थिएनन् ।

१० औ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उनले धेरै दौडधुप गरेका थिए । इश्वर पोखरेल,शंकर पोखरेल,सुवास नेम्वाङ,गोकुल बास्कोटा लगायतका धेरै नेताहरुसँग पटक पटक भेटघाट गरेका थिए । सबै नेताहरुसँगको भेटमा कर्माचार्यलाई केन्द्रीय सदस्यमा ल्याउने नेताहरुले आश्वासन दिएका थिए ।

चितवनको सौराहाको बन्दसत्र सुरु भएपछि पनि उनले एक चरण सबै नेताहरुसँग भेटघाट गरेका थिए । बन्द सत्रमा केन्द्रीय सदस्यहरुको नाम प्रस्तुत गर्ने दिन मंसिर १२ गते बेलुकी ६ बजेसम्म लिस्टमा कर्माचार्यको नाम भएपनि एमाले अध्यक्ष ओलीले बाचन गर्ने क्रममा भने कर्माचार्यको नाम नआएको उनी निकटहरु बताउछन् ।

केन्द्रीय सदस्यमा कर्माचार्य आउने भएपछि सिन्धुपाल्चोकका ओली निकटका नेताहरुले षडयन्त्र गरेको कर्माचार्यको आरोप छ । युवासंघ नेता अशोक चौलागाई मार्फत सिन्धुपाल्चोककै नेताहरुले आफूविरुद्ध षडयन्त्र गरेको कर्माचार्यले आरोप लगाए ।

युवासंघ नेता चौलागाईले एमाले नेता महेश बस्नेत र राजन भट्टराईमार्फत अध्यक्ष ओलीसमक्ष कर्माचार्यलाई केन्द्रीय सदस्यमा ल्याए सिन्धुपाल्चोकमा एमाले सकिने रसमस्या पर्ने भन्दै ‘कन्भिस’ गरेको कर्माचार्य निकटको आरोप छ ।

अध्यक्ष ओलीलाई स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ,सरेश नेपाल,बालकृष्ण देउजा,हस्त पण्डित,होमनारयण श्रेष्ठ लगायतका नेताहरुले समेत कर्माचार्यविरुद्ध लबिङ गरेको आरोप उनीहरुको छ ।

आफ्नो विरुद्ध आफ्नै जिल्लाका सहकर्मीहरुले षडयन्त्र गरेको सूचना कर्माचार्यले थाहा पाएपछि बन्द सत्र हलमा एमाले जिल्ला अध्यक्ष झम्क नेपाल र कर्माचार्यले नेता शेरबहादुर तामाङलाई किन षडयन्त्र गरेको भन्दै सवाल-जवाफ गरेका थिए ।

जवाफमा आफूले त्यस्तो गलत काम नगरेको र बरु अध्यक्ष ओलीलाई भनेर केन्द्रीय सदस्यमा पार्ने आश्वासन दिएर तामाङ हिडेका थिए । बन्द सत्रहलबाट केन्द्रीय सदस्य नभएपछि कर्माचार्यलाई मनोनीत गर्ने आश्वासन दिएका थिए ।

मनोनयन हुने केन्द्रीय कमिटी बैठकको अघिल्लो दिन पनि कर्माचार्य निकट नेताहरुले एमालेका पदाधिकारीहरुसँग भेटघाट गरेका थिए ।

मनोनीत गर्ने लिस्टको २० औ नम्बर कर्माचार्यको नाम भएपनि पहिलाकै नेताहरुले चितवनकै जस्तो हर्कत गरेर कर्माचार्य विरुद्ध लबिङ गरेपछि उनी केन्द्रीय सदस्य मनोनित हुनबाट बञ्चित भएको दावी अर्को पक्षको छ ।

जिल्लामा आफ्नै सहकर्मीहरुले आफ्नो विरुद्ध गलत रवैया प्रस्तुत गरेपछि अब आफुले कार्यकर्ताहरुको संरक्षण एमालेमा बसेर गर्न नसक्ने निष्र्कषमा पुगेको कर्माचार्यले बताए ।

उनले भने– धेरै साथीहरु हुनुहुन्छ,अब उहाँहरुको संरक्षण मैले गर्न सक्दिन त्यसैले यहाँ बस्नु ठिक लागेन । एमाले छाडेपनि कम्युनिष्ट छाडेर कतै जान्न । सिन्धुपाल्चोकमा एमाले हाराहारीकै पार्टी बनाउँछु ।

एमाले सिन्धुपाल्चोकको जिल्ला अधिवेशनमा समेत हिजो आफूहरुले नेतृत्व गरेका समूहविरुद्ध अर्को समूहले क्लीन स्वीप बनाउन अभियान सुरु गरेको समेत उनले दाबी गरे ।

यता एमालेकै कतिपय नेताहरुले भने सिन्धुपाल्चोकमा पटक पटक अवसर पाउने नेता कर्माचार्य नै रहेको भन्दै विगतमा आफूहरुमाथिको पेलाइ सम्झिँदा अहिले उनले केन्द्रीय सदस्य नपाउनु सामान्य परिघटना भएको बताएका छन् ।

कर्माचार्यले चारपटक सिन्धुपाल्चोकबाट सांसदको टिकट पाएका थिए । त्यसमध्ये एकपटक जिते भने तीनपटक पराजित भएका थिए । कर्माचार्यमाथि अन्याय भयो भन्नेमा ओली पक्षकै जिल्लास्तरीय नेताहरु पनि छन्,तर उनीहरु भने एमालेमै बसेर संघर्ष गर्नुपर्ने पक्षमा छन् ।

गाउँपालिका महासंघका अध्यक्ष समेत रहेका जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले कर्माचार्यलाईलाई एमाले नछाड्न आग्रह गर्दै विगतमा आफूहरुमाथि कर्माचार्यकै नेतृत्वमा भएको दमन सम्झिन सुझाव समेत दिएका छन् ।

श्रेष्ठ लेख्छन् :

पार्टिले तपाईलाई जत्ति ४/४ पटक कसैलाई टिकट दियो ? अलिकति मेरो कुरा गरौ – २ पटक पार्टी क्षेत्रको नेतृत्व गर्दै जिल्ला पार्टी सचिवालयको जिम्मेवारी समेत निर्वाह गरेर लगभग ३० वर्ष पार्टीमा निरन्तर विताउदा १४५ सदस्यीय जिल्ला कमिटी भित्र मेरो नाम एक थान जिल्ला कमिटी सदस्यमा नअट्दा समेत तपाइहरुकै प्रशिक्षणलाई विश्वास गरेर म आफुले विद्रोह गर्नु, सामजिक सन्जालमा लेख्नु त परै जाओस सोच सम्म आएन । यसमा मलाई कुनै पश्चाताप छैन । तपाईले सिकाउनु भएको थियो नि त – पद हैन अभियान प्रमुख हो भनेर । अनि तपाईको यो कदम चाहि जायज ठहरिएला र रु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर