गोलबजार तनावग्रस्त : प्रहरीलाई आन्दोलनकारीले लखेटे (भिडिओ) – Nepal Press

गोलबजार तनावग्रस्त : प्रहरीलाई आन्दोलनकारीले लखेटे (भिडिओ)

गोलबजार (सिरहा) । सिरहाको गोलबजार तनावग्रस्त बनेको छ । छुराप्रहार गरि हत्या गर्ने अभिव्यक्तिलाई २४ घण्टाभित्र पक्राउ गर्ने प्रतिवद्धता प्रहरीले पुरा नगरेको भन्दै स्थानीयले पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध गरेका हुन् ।

गोलबजार नगरपालिका ६ का बासिन्दा विहान ११ बजेदेखि नै पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । २४ घण्टाभित्र छुरा प्रहार गर्नेलाई पक्राउ गर्ने प्रतिवद्धता प्रहरीले पुरा नगरेको भन्दै उनीहरुले राजमार्ग अवरुद्ध पारेको उनीहरुको भनाई छ ।

अवरुद्ध सडक खुलाउन प्रहरीले माइकिङ गरेपनि आन्दोलनकारी प्रहरीमाथि नै जाइलागेका छन् । आन्दोलनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले लाठीचार्ज गरे । तर आन्दोलनकारी भागेनन् । लाठी बोकेर सडकमा उत्रेका सयौं महिला र पुरुषले प्रहरीलाई नै लखेटेका छन् ।

केहिबेर सुरक्षाकर्मीले गोलबजारको मुख्यचोक नियन्त्रणमा लिए । तर अहिले आन्दोलनकारी सुरक्षाकर्मीलाई नै लखेटेर पुनः राजमार्ग नियन्त्रणमा लिएको छ । बल प्रयोग गरेर राजमार्ग खुलाउने सुरक्षाकर्मीको प्रयास आन्दोलनकारीले असफल पारेका छन् ।

आन्दोलनको नेतृत्व गर्ने शिवशरण सदाले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको आरोप लगाए । उनले दुई आन्दोलनकारीलाई प्रहरीले टाउँको फुटाएको र उनीहरुको उपचारका लागि भुमिजा अस्पताल पुर्याएको बताए । अपराधीलाई पक्राउ गर्नुको साटो सुरक्षाकर्मीले शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरे परिणाम ठिक नहुने उनको चेतावनी छ ।

शनिवार साँझ छुरा प्रहारबाट गोलबजार नगरपालिका ६ का २६ बर्षीय रामकुमार सदायको मृत्यु भएको थियो । छुरा प्रहारबाटै उनकै साथी निकेश सदाय गम्भीर घाईते छन् । उनको उपचार धनगढीको आरके मेडिसिटी अस्पतालमा भइरहेको छ । मृतकको शव भने परिवारले बुझेका छैन ।

छुरा प्रहार गरी हत्या गर्नेलाई पक्राउ गर्नुपर्ने, घाईतेको निःशुल्क उपचार र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने आन्दोलनकारीको माग छ ।

उनीहरुले अपराधी ठूला व्यक्ति भएकाले प्रहरी आर्थिक प्रलोभनमा परेर पक्राउ गर्न नचोहेको आरोप लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर