सरकारविरुद्ध तरुण दलद्वारा राँके जुलुस – Nepal Press

सरकारविरुद्ध तरुण दलद्वारा राँके जुलुस

काठमाडौं । नेपाल तरुण दलले गृहमन्त्री रवि लामिछाने र सरकारविरुद्ध राँके जुलुस प्रदर्शन गरेको छ । केन्द्रीय सदस्य सुशील बुढाथोकीको संयोजनमा कोटेश्वरमा प्रदर्शन निकालिएको हो ।

राँके जुलुसलाई तरुण दल अध्यक्ष विद्वान गुरुङज्युले सुरु गरेका थिए ।

उनीहरुले प्रदर्शनका क्रममा ‘नालायक गृहमन्त्री राजीनामा दे’, ‘जीबी राई कहाँ छ रवि लाई थाहा छ’, ‘कैलाश सिरोहियालाई रिहा गर’, ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ जस्ता नारा तरुण हरुले लगाएका थिए । उल्लेख्य प्रहरी सुरक्षाकर्मी परिचालन गरेको थियो ।

राँके जुलुस कोटेश्वरचोकमा गएर परिणत भएको थियो ।

कोणसभामा बोल्दै नेपाल तरुण दल केन्द्रीय सदस्य अशोक झाले पार्टीको निर्देशन बमोजिम हुन गइरहेको आन्दोलनमा सहभागी हुन आह्वान गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर