माई खोलामा डुबेर इलाममा २ बालकको मृत्यु – Nepal Press

माई खोलामा डुबेर इलाममा २ बालकको मृत्यु

विराटनगर । इलामको माई नगरपालिका स्थित माई खोलामा डुबेर २ जना बालकको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा माइखोलामा डुबेर ११ वर्षे मिङसुहाङ लिम्बु र किस्मन आङदेम्बेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मिङसुहाङलाई उद्धार गरेर उपचारका लागि स्थानीय मेडिकल लगिएको थियो । थप उपचारका लागि बिएन्डसी लैजानेक्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

किस्मन को शव फेला परेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर