धनगढीमा रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी तीव्र – Nepal Press

धनगढीमा रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी तीव्र

कैलाली । कैलालीको धनगढीमा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने भएको छ । जेठ १६ गतेदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुग्न लागेको आयोजक सहारा नेपाल युवा क्लबले जानकारी दिएको छ ।

यो पटक सुदूरपश्चिम सुपर लिगको तेस्रो संस्करण रुपमा सुरु हुन लागेको हो । प्रतियोगिता टी-२० फरमेटको प्रणालीबाट खेलाइने जनाइएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको जनता राष्ट्रिय विद्यालयको खेलमैदानमा हुन भएको छ । जेठ १६ देखि जेठ २५ गतेसम्म उक्त प्रतियोगिता चल्नेछ । प्रतियोगितामा १० वटा टिमहरूको सहभागिता रहने आयोजक टिमका संस्थापक सदस्य मनोज भट्टले जानकारी दिए ।

अहिले खेलमैदान सफाइदेखि पिच बनाउने काम भइरहेको प्रतियोगिता संयोजक महेन्द्र सिंह धामीले बताए ।समाजलाई खेलकुदको माध्यमबाट सकारात्मक बाटोमा डोर्याउन सकिने विश्वास रहेको सहारा नेपालका अध्यक्ष अनन्त बोहराले बताए ।

स्थानीय स्तरमा रहेका युवा खेलाडीलाई उत्पादन गर्दै उनीहरूलाई राष्ट्रिय टिममा जोड्ने अभियानमा लागिरहेको उनले बताए। प्रतियोगिताको विजेताले ५० हजार नगद र उपबिजेताले ३० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर