माओवादीनिकट जनसांस्कृतिक महासंघको अध्यक्षमा मातृका पोखरेल – Nepal Press

माओवादीनिकट जनसांस्कृतिक महासंघको अध्यक्षमा मातृका पोखरेल

काठमाडौं। नेकपा (माओवादी केन्द्र) निकट जनसांस्कृतिक महासंघको अध्यक्षमा मातृका पोखरेल चयन भएका छन्। महासंघको शनिबार काठमाडौंमा सकिएको सातौं राष्ट्रिय सम्मेलनले पोखरेलको नेतृत्वमा विभिन्न पदाधिकारी र सदस्य चयन गरेको हो । यसअघि सरल सहयात्री अध्यक्ष थिए।

१३ सदस्यीय पदाधिकारीमा एक उपाध्यक्ष, महासचिव र २ सचिव भने यचन गर्न बाँकी छ । नियुक्त भएका १० उपाध्यक्षहरुमा कर्णबहादुर परियार, केशव शिलवाल, देवेन्द्र थुम्केली, प्रगति महरा, भीम कुमाखी, राकेश किराँती, केपी पाठक, सुदिन चौधरी, चेतन सापकोटा र विक्रम कुवर रहेका छन् । त्यस्तै सचिवमा केशरी घर्तीमगर चयन भएकी छन् ।

महासचिवमा सुवर्ण हमाल र केशर कालिकोटेले दावी गरेपछि केन्द्रीय समितिले उपयुक्त समयमा सर्वसम्मतको प्रयास गर्ने बताइएको छ । सहमति नभए चुनावी प्रक्रियामा गएर भए पनि बाँकी पदाधिकारी नियुक्त गर्ने बताइएको छ ।

कोषाध्यक्षमा भने विमला केसी चयन भएकी छिन् । पदाधिकारी बाहेक ९५ सदस्यीय केन्द्रीय सदस्य चयन गरिएको छ ।


प्रतिक्रिया

One thought on “माओवादीनिकट जनसांस्कृतिक महासंघको अध्यक्षमा मातृका पोखरेल

  1. बिद्युत प्राधिकरणमा लामो समय सहकार्य गर्दा अत्यन्त ईमानदार र आर्थिक रुपमा स्वच्छ छवि र जनमुखी आचरण भएको साच्चैनै उन्नत कविता जस्तै कवि हुनुहुन्छ मातृका जी! बहीको कार्यकाल सफल रहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर