कांग्रेस चुनावः थप तीन सहमहामन्त्रीको मतगणना सुरु – Nepal Press

कांग्रेस चुनावः थप तीन सहमहामन्त्रीको मतगणना सुरु

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तरगत नेतृत्व चयनका लागि भएको निर्वाचनको थप तीन सहमहामन्त्रीको मतगणना सुरु भएको छ । कांग्रेस पार्टी कार्यालयमा मतगणना सुरु भएको छ । सहमहामन्त्रीमा खस आर्य, मधेसी र मुस्लिमतर्फको मतगणना सुरु भएको हो ।

हिजो तीन सहमहामन्त्रीको मतगणना भएको थियो । मतपरिणाम अनुसार सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार, महिलातर्फ महालक्ष्मी उपाध्यापय डिना र आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी भएका छन् ।

सभापति, उपसभापति र महामन्त्रीको मतगणना सकिइसकेको छ । सहमहामन्त्रीको मतगणनापछि केन्द्रीय सदस्यको मतगणना हुने कांग्रेसले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर