सिटिजन्स बैंकका थप चार प्रिभिलेज काउन्टर विस्तार – Nepal Press

सिटिजन्स बैंकका थप चार प्रिभिलेज काउन्टर विस्तार

काठमाडौं । सिटिजन्स बैंकले लुम्बिनी प्रदेशको कालिकानगर शाखामा, प्रदेश १ को विराटनगर र बिर्तामोड शाखामा र प्रदेश २ को राजविराज शाखामा थप प्रिभिलेज काउन्टर विस्तार गरेको छ ।

बैंकले ग्राहकहरूलाई छिटोछरितो, झन्झटमुक्त र विशिष्टिकृत सेवाहरू प्रदान गर्ने उद्देश्यले चार नयाँ प्रिभिलेज काउन्टर विस्तार गरेको हो ।

यस अघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ, काठमाडौं तथा कमलादीमा रहेको प्रिभिलेज काउन्टरबाट मात्र आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्दे आईरहेको थियो ।

साथै आगामी दिनमा अन्य प्रदेशहरुमा समेत यस्ता थप विशेष बैंकिङ्ग सेवाहरु प्रदान गर्ने बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ८७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर