ओमिक्रोन संक्रमण बढेपछि बेलायतमा संकटकाल घोषणा, १८ वर्ष माथिकालाई बुस्टर डोज दिइने – Nepal Press

ओमिक्रोन संक्रमण बढेपछि बेलायतमा संकटकाल घोषणा, १८ वर्ष माथिकालाई बुस्टर डोज दिइने

लन्डन । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमणमा वृद्धि भएपछि बेलायतले स्वास्थ्य संकटकाल घोषणा गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सले ‘ओमिक्रोन संकटकाल’ घोषणा गरेका हुन् ।

टेलिभिजनमार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले ओमिक्रोनको लहर आउनसक्ने भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। मिक्रोन संक्रमण रोक्न १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोपको बुस्टर डोज लगाइने पनि बताए। बेलायतले यसै सातादेखि बुस्टर डोज दिन सुरु गर्ने जनाएको छ ।

बेलायतले जनवरीको अन्त्यदेखि मात्रै बुस्टर खोप लगाउने जनाएको थियो। तर, ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढेपछि बुस्टर खोप अभियान एक महिनाअगाडि सारिएको प्रधानमन्त्री जोनसनले जानकारी दिएका छन् ।

बुस्टर डोजले कोरोना भाइरस नियन्त्रणमा ७५ प्रतिशतसम्म काम गर्ने बैज्ञानिक बताउँछन् । यसबाट अस्पतालमा हुने चाप नियन्त्रण हुने उनीहरुले बताएका छन्। ओमिक्रोनको संक्रमण बढेसँगै बेलायतका अस्पतालमा बिरामीको चाप बढ्न थालिसकेको छ।

अफ्रिकी मुलुकबाट सुरु भएको ओमिक्रोन भेरियन्ट अहिले विश्वका अधिकांश मुलुकमा फैलिसकेको छ। तर, यो कति संक्रामक छ भन्ने वैज्ञानिकहरूले यकिन भन्न सकेका छैनन्। बेलायतमा केही सातादेखि दैनिक ५० हजारको हाराहारीमा नयाँ संक्रमित थपिइरहेका छन्। तीमध्ये ओमिक्रोनबाट संक्रमित हुनेको संख्या पनि दैनिक ५०० को हाराहारीमा रहेको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर