देउवासँगको भेटमा पौडेलले भने- अस्वस्थ प्रतिस्पर्धा भएपछि महाधिवेशन प्रक्रियाबाट अलग्गिएँ


काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं राष्ट्रिय महाधिवेशनका सबै प्रक्रियाबाट अलग रहने निर्णय गरेका वरिष्ट नेता रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।
पौडेल निवास बोहोराटारमै पुगेर देउवाले राजनीतिबाट बाहिर हुने कुरा नगर्न आग्रह गरेको पौडेलको सचिवालयले जानकारी दिएको छ ।
भेटमा सभापति देउवाले ‘राष्ट्रका लागि तपाईंको खाँचो छ । राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस्, स्वास्थ्यको ख्याल राख्नुस्,’ भनेका थिए ।
जवाफमा पौडेलले पार्टीको महाधिवेशनमा आफ्नो सिद्धान्तविपरीत अस्वस्थ प्रतिस्पर्धा हुन थालेकालेल प्रक्रियाबाट बाहिरिएको बताएका थिए । उनले सभापति देउवासमक्ष कांग्रेसलाई कांग्रेसजस्तो बनाउने अनुरोध गरेका थिए ।