अमेरिकामा शक्तिशाली आँधी, सबै सहयोगका लागि राष्ट्रपति बाइडेनको प्रतिवद्धता – Nepal Press

अमेरिकामा शक्तिशाली आँधी, सबै सहयोगका लागि राष्ट्रपति बाइडेनको प्रतिवद्धता

एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेनले आँधीका कारण ठूलो नोक्सानी ब्यहोरेका देशको मध्यक्षेत्रमा सहयोगका लागि केन्द्र सरकारले हरसम्भव प्रयास गर्ने बताएका छन् ।

बाइडेनले आँधीबाट सबैभन्दा प्रताडित केन्टकी राज्यमा आपतकालीन सहयोगका लागि एउटा निर्णयमा हस्ताक्षर गरेका छन् । उनले यो आँधीलाई अमेरिकी इतिहासकै सबैभन्दा विनाशकारीमध्येको एक भनेका छन् ।

शुक्रबार मध्यरातमा आएको आँधीका कारण केन्टकी राज्यमा मात्र ७० भन्दा बढीको मृत्यु भएको थियो । समग्रमा १ सयभन्दा बढीको निधन भएको बताइएको छ ।
केन्टकीको एक मैनवत्ती कारखानामा मात्र दर्जनभन्दा बढीको मृत्यु भएको त्यहाँको आपतकालीन सेवाले जानकारी दिएको छ । आँधीले सरकारी कार्यालय, प्रहरी कार्यालय तथा अग्निनियन्त्रण कार्यालयमा पनि क्षति पुगेका कारण उद्धारकार्यमा कठिनाइ भइरहेको छ ।

लाखौं मानिस विजुली र खानेपानीको पहुँचबाहिर पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर