युएईको घोषणा : काम गर्ने हप्ता अब साढे चार दिन, सप्ताहन्त पनि शनिबारदेखि आइतबार सारिने – Nepal Press

युएईको घोषणा : काम गर्ने हप्ता अब साढे चार दिन, सप्ताहन्त पनि शनिबारदेखि आइतबार सारिने

दुबई । संयुक्त अरब इमिरेट्सले आफ्नो कामको हप्तालाई साढे चार दिनमा घटाउने भएको छ भने सप्ताहन्तलाई शुक्रबार र शनिबारबाट शनिबार र आइतवारमा सार्ने घोषणा गरेको छ ।

‘राष्ट्रिय कार्य सप्ताह’ जनवरीदेखि सरकारी निकायहरूका लागि अनिवार्य हुनेछ र यसको उद्देश्य काम र जीवनबीच सन्तुलन मिलाउनु तथा आर्थिक प्रतिस्पर्धामा सुधार ल्याउनु रहेको राज्य नियन्त्रित मिडियाले उल्लेख गरेको छ ।

राष्ट्रिय कार्य सप्ताहलाई छोटो बनाउने युएई संसारमै पहिलो मुलुक बनेको छ । अन्य मुलुकमा चाहिँ पाँच दिनको कार्य सप्ताह विद्यमान छ । युएई शनिबार र आइतबार सप्ताहन्तको बिदा दिने एक मात्र खाडी देश बन्नेछ, यो कदमले उसलाई उसलाई अन्य खाडी मुलुकसँगको नियमअन्तर्गत ल्याउनेछ । मुस्लिम देशहरूमा प्रार्थनाको दिन शुक्रबार दिउँसो साताको अन्त्यमा सुरु हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर