यसरी ‘नगर दर्शन’ गरे भगवान राम र लक्ष्मणले (तस्बिरहरु) – Nepal Press

यसरी ‘नगर दर्शन’ गरे भगवान राम र लक्ष्मणले (तस्बिरहरु)

जनकपुरधाम । राम—सीता विवाह पञ्चमीको पहिलो दिन आज साँझ जनकपुरधामस्थित जानकी मन्दिरमा ‘नगर दर्शन’ गरिएको छ ।

त्रेता युगमा श्रीराम र लक्ष्मण गुरु विश्वामित्रसँग मिथिलाधाम घुम्न आउँदा नगर भ्रमण गरेको स्मरणमा ‘नगर दर्शन’ गरिएको हो ।

तीन बालकलाई गुरु विश्वामित्र, श्रीराम र लक्ष्मणको पहिरनमा सजाएर सांकेतिक रुपमा मिथिलाको भ्रमण गराइएको हो ।

नगर दर्शनका लागि जानकी मन्दिर प्रांगणमा पसलहरु राखिएको थियो ।

राम र लक्ष्मणको चरित्र धारण गरेका बालकहरूलाई राम चरित्रमानस र रामायणका श्लोकलाई संगीतबद्ध गरी मन्दिरका पूजारीले मिथिलाको वर्णन गरेका थिए ।

रामजानकी विवाह महोत्सवअन्तर्गत दोस्रो दिन १८ मंसीरमा फूलबारी लीलाको कार्यक्रम छ । यसवर्ष मंसीर २२ मा विवाह पञ्चमी परेको छ ।

विवाह पञ्चमीको अवसरमा आजदेखि १० दिनका लागि मासु, माछा, मदिरा र लागुपदार्थ खरिद विक्री तथा सेवनमा पूर्णरुपले रोक लगाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *