ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, एक घाइते – Nepal Press

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, एक घाइते

बागलुङ । कालिगण्डकी करिडोर बागलुङ–कुश्मीसेरा खण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक बालक घाइते भएका छन् ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयाबाट सरंगीको लागि छुटेको ध १ च ३६० नम्बरको ट्याक्टर करिडोरको बलेवा कुश्मीसेरा खण्डको ठेउघरको भीरबाट तल खस्दा दुई युवाको मृत्यु भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा परी जैमिनी नगरपालिका–१ भण्डारा बस्ने शिव केसीको छोरा १२ वर्षीय सुदिप केसी घाइते भएका छन् । केसीलाई उपचारको लागि पर्वत अस्पताल कुश्मा लगिएको स्थानीय भरत शर्मा पौडेलले जानकारी दिए ।

ट्याक्टरमा चालकसहित चार जना सवारी थिए । चालक बागलुङ नगरपालिका(१३ पाउजा बस्ने अन्दाजी २५ वर्षीय विष्णु क्षेत्री फरार रहेको प्रहरीले जनाएको छ ।

शव भीरको अफ्ठ्यारो ठाउँमा अड्किएको हुँदा निकाल्न र पहिचान गर्न कठिन भएको छ । इलाका प्रहरी कार्यालय बलेवाको टोलीले शव निकाल्न नसकेपछि जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थल लागेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *