साझा उम्मेदवार केही दिनमै : नेता पौडेल – Nepal Press

साझा उम्मेदवार केही दिनमै : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा नेतृत्व परिवर्तनका लागि साझा विचार र नेतृत्व तय हुने बताएका छन् ।

कांग्रेसमा रुपान्तरणका लागि ‘कांग्रेसको अबको बाटो’ नामक अवधारणा सार्वजनिक गर्दै पौडेलले पार्टी नेतृत्व परिवर्तनका लागि आफ्नो समूहबाट साझा उम्मेदवार तय हुने बताए ।

‘हामी छलफलमै छौं । २–४ दिनमै एउटा निर्णय लिन्छौं । साझा विचार र नेतृत्वका लागि प्रतिवद्ध छौ’, पौडेलले भने ।

पौडेल पक्षबाट उनीसहित डा।शशांक कोइराला, प्रकाशमान सिंह र डा।शेखर कोइरालापनि सभापतिको प्रत्याशी रहेका छन् । १४ औं महाधिवेशनमा साझा उम्मेदवार दिने घोषणा गरेपनि नेताहरुबीच सहमति जुट्न सकेको छैन ।

नेता पौडेलले महाधिवेशनका दौरान सत्ताको दुरुपयोगका घटना बढेको बताए । ‘कहीँ बल प्रयोग भएको छ । कहीँ छल प्रयोग भएको छ । बल र छल गर्नेले कांग्रेस र लोकतन्त्र खतरामा पार्दैछन् । त्यसैले पार्टीभित्र विचार र नेतृत्वमा रुपान्तरण आवश्यक छ’, पौडेलले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर