प्रिमियर लिगमा लिभरपुल र एस्टन भिल्ला विजयी – Nepal Press

प्रिमियर लिगमा लिभरपुल र एस्टन भिल्ला विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपुल र एस्टन भिल्लाले शनिबार जित हात पारेका छन् । शुक्रबार १३औं चरणका खेलमा लिभरपुल र एस्टन भिल्लाले महत्वपूर्ण तीन अंक पाएका हुन् ।

घरेलु मैदानमा लिभरपुललले साउथह्याप्टनलाई ४-० ले पराजित गर्यो । लिभरपुरको जितमा डियगो जोटोले दुई तथा थिएअगो अल्कान्तराले र भर्जिल भान डाइकले एक-एक गोल गरे ।

अर्को खेलमा स्टेफिन जेरार्डको प्रशिक्षणमा रहेको एस्टन भिल्लाले लगातार दोस्रो जित हात पार्ने क्रममा क्रिस्टल प्यालेसलाई २-१ ले हरायो । अन्य खेलमा न्युक्साललाई आर्सनलले २-० ले पराजित गर्दा नर्विच र उल्भ्सले गोलरहित बराबरी खेले ।

जितसँगै लिभरपुल १३ खेलबाट २८ अंक सहित दोस्रो स्थानमा छ । आर्सनल २३ अंक सहित पाँचौं स्थानमा रहँदा एस्टन भिल्ला १६ अंक सहित ११ औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर