बाइडेनले सन् २०२४ को राष्ट्रपतिय चुनाब लड्ने ह्वाइट हाउसद्वारा पुष्टि – Nepal Press

बाइडेनले सन् २०२४ को राष्ट्रपतिय चुनाब लड्ने ह्वाइट हाउसद्वारा पुष्टि

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ को राष्ट्रपतिय चुनाब पनि लड्ने भएका छन् । ह्वाइटहाउसले मंगलबार वर्तमान राष्ट्रपति बाइडेन आगामी चुनावमा उठ्ने पुष्टि गरेको हो ।

बाइडेनको राजनीतिक भविष्यलाई लिएर आशंका भैरहँदा ह्वाइटहाउसले उनी दोस्रो कार्यकालका लागि चुनाबमा उठ्ने बताएको हो । अन्तर्राष्ट्रिय सर्वेक्षणमा पछिल्लो समयमा ७९ वर्षिय लोकप्रियतामा कमी आइरहेको देखाइरहेका छन् । बाइडेनकै दल डेमोक्र्याट्सभित्रै पनि उनी आगामी चुनाबमा उठ्ने वा नउठ्नेबारेमा आशंका व्यक्त भैरहेका थिए । तर, ह्वाइट हाउस प्रेस सेक्रेटरी जेन पास्कीले बाइडेनको चुनावमा उठ्ने योजना रहेको बताइन् ।

भर्जिनियाको गभर्नरमा रिपब्लिकन र न्युजर्सीको गभर्नरमा डेमोक्रेटिक उम्मेदबारले झिनो अन्तरले जितेपछि डेमोक्र्याट्सहरु राष्ट्रपति चुनावका बारेमा चिन्तित बनेका हुन् । एक कार्यकालमात्र राष्ट्रपति हुने हल्ला चलिरहेका बेलामा बाइडेनले आगामी चुनावमा उठ्ने बताएर बाटो खुला गरेका छन् ।

वासिङ्टन पोस्ट र एबीसीको सर्वेक्षणमा बाइडेनको अप्रभुल रेटिङ जम्मा ४० प्रतिशतमात्र देखिएको थियो । सन् २०२४ को चुनावमा उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिमा उठ्ने सम्भाव्यताका कारण बाइडेनले उम्मेदवारी नदिनेबारेपनि प्रश्नहरु उठेका थिए । हालै युएसए टुडेको सर्वेक्षणमा कमला ह्यारिसको स्वीकृति दर जम्मा २८ प्रतिशतमात्र छ ।

शुक्रबार गरिएको स्वास्थ्य परीक्षणमा बाइडेन राष्ट्रपतिको रुपमा कार्य गर्न योग्य भएको देखिएको छ । हिँड्ने क्रममा हुने असन्तुलन र बोल्ने बेलामा घाँटी सफा गर्ने तथा खोक्ने समस्याबारे पनि डाक्टरले बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर