युवक हत्या प्रकरण: राजमार्ग फेरि अवरुद्ध, नेपाली सेनाको गाडीमा ढुङ्गा प्रहार – Nepal Press

युवक हत्या प्रकरण: राजमार्ग फेरि अवरुद्ध, नेपाली सेनाको गाडीमा ढुङ्गा प्रहार

कैलाली । कैलालीको लम्की चुहामा खुलेको सडक पुन अवरुद्ध भएको छ ।लम्कीका युवक भूपेन्द्र बडुवालको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै बुधबार विहानदेखि राजमार्ग अवरुद्ध पारिएको थियो ।

केही समय सुचारु भएको पूर्वपश्चिम राजमार्ग फेरि अवरुद्ध प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।

पीडित पक्षले आन्दोलन गरेपछि राजमार्ग पुनः अवरुद्ध भएको गौतमले बताए। प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको स्थानीयले बताएका छन्। केही युवाहरूले योजना बनाएर बडुवालको हत्या गरेको पीडित पक्षले जनाएको छ । आन्दोलनरत पक्षले नेपाली सेनाको गाडीमा पनि ढुङ्गा मुडा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर