विवादका कारण रोकिएको सिन्धुपाल्चोक जुगलमा एमाले अधिवेशन सम्पन्न, अध्यक्षमा छिरिङ – Nepal Press

विवादका कारण रोकिएको सिन्धुपाल्चोक जुगलमा एमाले अधिवेशन सम्पन्न, अध्यक्षमा छिरिङ

काठमाडौं । आन्तरिक विवादका कारण रोकिएको सिन्धुपाल्चोकस्थित जुगल गाउँपालिकामा आज एमालेको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा छिरिङ दोर्जे तामाङ र उपाध्यक्षमा विष्णु दोङ चुनिएका छन् ।

त्यस्तै सचिवमा प्रेम तामाङ र उपसचिवमा फुलकाजी स्याङ्बो र हिरा सिलवाल निर्वाचित भएको सिन्धुपाल्चोक एमालेले जनाएको छ ।

यहाँ नेतृत्व छनोटमा विवाद भएपछि पालिका अधिवेशन स्थगित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर