विशेष आर्थिक क्षेत्रमा रक्सी र चुरोटजन्य उद्योग स्थापना गर्न प्रतिबन्ध – Nepal Press

विशेष आर्थिक क्षेत्रमा रक्सी र चुरोटजन्य उद्योग स्थापना गर्न प्रतिबन्ध

काठमाडौं । विशेष आर्थिक क्षेत्र (सेज) मा रक्सी र सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योग स्थापनामा प्रतिबन्ध भएको छ । सेजको नियमावाली अनुसार नै मदिरा र सुर्तीजन्य उद्योग स्थापना गर्न प्रतिबन्ध भएको हो ।

औद्योगिक नीति तथा सहजीकरण शाखाका प्रमुख प्रेमप्रसाद लुइटेलले सेजको नियमावली अनुसार नै सरकारले सुर्तीजन्य वस्तु, साइडर, वाइन, बियर तथा मदिरा उत्पादनमा गर्ने उद्योगलाई प्रतिबन्धित गरेको बताए ।

सेजमा उत्पादन गरेको ६० प्रतिशत वस्तु विदेशमा निर्यात गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । सेजमा सरकारले सोचे अनुसार उद्योग स्थापना हुन सकेको छैन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर