खुकुरी रमले आफ्नो प्याकेजिङ परिवर्तन गर्ने, स्वाद भने पुरानै – Nepal Press

खुकुरी रमले आफ्नो प्याकेजिङ परिवर्तन गर्ने, स्वाद भने पुरानै

काठमाडौं । नेपाल डिस्टीलरिज कम्पनीले स्थापनाको ६२ वर्षपछि समयको माग र ग्राहकको अपेक्षालाई ध्यानमा राखेर खुकुरी रमकाे  प्याकेजिङ परिवर्तन गर्ने भएको छ । अब आउने नयाँ प्याकेजिङ आकर्षक, विश्वस्तरीय एवम् वातावरणमैत्री हुनेछ ।

रमको प्याकेजिङ तथा बोतलको लुक्स निकै आकर्षक बनाइएको छ । प्याकेजिङ परिवर्तन भए पनि ब्लेण्ड र स्वादमा भने कुनै परिवर्तन हुँदैन । नयाँ प्याकेजिङको खुकुरी रम तिहार र छठपछि बजारमा आउने कम्पनीले बताएको छ ।

खुकुरी रमको पुरानो प्याकको अन्तिम ब्याचका उत्पादनहरु एक महिनाअघि नै बन्द भइसकेका छन् । तर, नयाँ प्याक लञ्च नहुञ्जेल बजारमा रहने भएकाले बीसौ वर्षदेखि ग्राहकहरुको हृदयमा बसेको खुकुरी रमको पुरानो प्याक सम्झनाका लागि ग्राहकहरुले राख्न सक्ने छन् ।

हाल नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ स्थानीय र अन्तराष्ट्रिय बजारमा एकैसाथ परिवर्तन हुन लागेको हो ।

खुकुरी रमको वर्षौदेखिको मौलिक प्याकेजिङलाई ग्राहकको आकांक्षाअनुरुप परिस्कृत गर्दै तयार पारिएको नयाँ प्याकेजिङले स्थानीय र विश्व बजारका ग्राहकहरुको मन जित्ने विश्वास खुकुरी रमको उत्पादक, नेपाल डिस्टीलरिजका महाप्रबन्धक शुभाष लामीछानेले बताए ।

तयार भई बजारमा आउने लागेको सो नयाँ प्याकेजिङको विषयमा बोल्दै महाप्रबन्धक लामिछानेले भने ‘हामीले स्थानीयदेखि विश्व बजारसम्मका हाम्रा ग्राहकहरुको सुविधा तथा चाहनालाई ध्यानमा राखेर खुकुरी रमको नयाँ प्याक डिजाइन गरेका हौं । नयाँ प्याकमा समेत हामीले खुकुरी रमको उही पुरानै उत्कृष्ट स्वाद कायमै राखेका छौँ । यसको गुणस्तरीयता र रम पिउँदा हुने अनुभूतिमा कुनै फरकपना नआओस् भन्ने विषयलाई विशेष रुपमा ध्यान दिएका छौं । बरु त्यो अनुभव अझ विशेष बनोस् भन्ने हाम्रो चाहना हो ।’

कोभिड- १९ संक्रमणको जोखिम कायमै रहेका कारण खुकुरी रमको नयाँ प्याकको अनलाइन लञ्चिङ हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर