यस्तो छ ओपो मोबाइलको ‘तिहार अफर’ – Nepal Press

यस्तो छ ओपो मोबाइलको ‘तिहार अफर’

काठमाडौं । ओपो मोबाइलले तिहार-२०७८ अवसरमा ‘ओपो तिहार अफर २०७८’ उपहार योजना घोषणा गरेको छ । योजनाअन्तर्गत उपभोक्ताले नोभेम्बर १ देखि ७ सम्म ओपोका स्मार्टफोनलगायत आईओटी उत्पादन खरिद गर्दा विभिन्न आकर्षक उपहार जित्न सक्नेछन् ।

उपभोक्तासँग खुसी साट्दै तिहार मनाउने सोचका साथ आफूहरूले समय-समयमा विभिन्न उपहार योजनाहरूको घोषणा गर्दै आइरहेका र ओपो तिहार योजना यसकै एक अभिन्न अंग भएको ओपो नेपालका ब्राण्ड निर्देशक पियरसन शेनले बताए ।

ओपोका अनुसार सहभागी मध्येबाट लक्की-ड्रमार्फत छनोटमा परेका भाग्यशाली विजेताहरूले ओपो एन्को डब्ल्यू ५१, ओपो ब्याण्ड, ओपो डब्ल्यू ११ लगायत अन्य आकर्षक उपहारहरू जित्न र बिजेताहरूको घोषणा ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर