कार्यबाहक प्रधानमन्त्री खाँडको दावीः निर्वाचनसम्म गठबन्धन कायम रहन्छ – Nepal Press

कार्यबाहक प्रधानमन्त्री खाँडको दावीः निर्वाचनसम्म गठबन्धन कायम रहन्छ

रूपन्देही । कार्ययबाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणले आगामी आमनिर्वाचनसम्म अहिलेको सत्ता गठबन्धन कायम रहने बताएका छन् ।

संविधानको रक्षा, जनताको चाहना र विश्वासलाई अझ बजबुद बनाउन निर्वाचनसम्म गठबन्धन कायम रहने उनको भनाइ छ । आइतबार गृहजिल्ला रुपन्देहीको तिलोत्तमामा आयोजित कार्यक्रममा बोल्दै उनले शान्ति र स्थायित्व कायम गर्न, संविधानको कार्यान्वयन र व्यवस्था रक्षाको लागि सरकार गम्भीर रहेको बताएका हुन् ।

उनले भने– ‘हामीलाई विश्वास छ, संघीय लोकतान्त्रिक गणतन्त्र सबैको लागि स्वीकार्य हुनेछ, संविधान र व्यवस्थाकाप्रति सबैको स्वामित्व स्थापित हुनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर