बारको आन्दोलनमा दमननाथले भने- हरेक अंग बिटुलिन थाले, न्यायालयबाट शुद्धीकरणको सुरूआत गरेका छौं – Nepal Press

बारको आन्दोलनमा दमननाथले भने- हरेक अंग बिटुलिन थाले, न्यायालयबाट शुद्धीकरणको सुरूआत गरेका छौं

काठमाडौं । पूर्वसभामुख एवम् वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले राज्यका हरेक अंग बिटुलिन थालेको भन्दै त्यसको शुद्धीकरणका लागि आन्दोलनमा होमिएको बताएका छन् । यो आन्दोलन न्यायालयमा शुद्धीकरणका लागि भएको उनको भनाइ छ ।

‘यो शुद्धीकरण अभियान हो,’ ढुंगानाले भने, ‘न्यायालयमात्रै होइन संविधानले व्यवस्था गरेका हरेक अंगहरू बिटुलिन थालेका छन् । यसको शुद्धीकरणको सुरूआत न्यालयबाट सुरू गरेका छौं ।’

त्यस्तै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले यो आन्दोलन न्यायालयको शुद्धीकरणका लागि भएको बताए । ‘यो आन्दोलन फिर्ता हुँदैन,’ शाक्यले भने, ‘यो प्रधानन्यायाधीशविरूद्ध मात्रै होइन । यो न्यायालयको सुधारका लागि हो । न्यायपालिकाप्रति जनआस्था बढाउन र राज्यका अंगहरूबीच शक्ति सन्तुलनलाई कायम गरू संविधान बर्करार राख्न हामीले आन्दोलन गर्नु परेको हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *