चीनले भन्यो : नेपालमा विकास मोडेल निर्यात गर्ने र हस्तक्षेप गर्ने हाम्रो उद्देश्य छैन – Nepal Press

चीनले भन्यो : नेपालमा विकास मोडेल निर्यात गर्ने र हस्तक्षेप गर्ने हाम्रो उद्देश्य छैन

बेइजिङ । चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र विकास मोडेललाई निर्यात गर्ने आफ्नो नियत नरहेको बताएको छ । उसले नेपालसँग अनुभव साझा गर्ने र बलियो सम्बन्ध आदानप्रदान गर्ने उद्देश्य रहेको समेत बताएको छ ।

नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेसँगको बिदाइ भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले यी कुरा बताएको सीजीटीएनले जनाएको छ । विदेशमन्त्री यीले दुई मुलुकबीचको सम्बन्ध बलियो तुल्याउन राजदूत पाण्डेले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

स्वदेश फर्कनुअघि राजदूत पाण्डेले विदेशमन्त्री यीलाई भेटेका थिए । राजदूत पाण्डेको सकारात्मक भूमिका रहेको बताउँदै यीले निकट रहेर काम गर्ने चीन र नेपालको परम्परागत मित्रताको चर्चा उनले गरेका थिए ।

द्धिपक्षीय सम्बन्ध बलियो तुल्याउन तथा क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धि हासिल गर्न चीनले नेपालको साथ चाहेको समेत विदेशमन्त्री यीले बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर