नेकपा एसको एक महिने प्रगति: ७३ जिल्लामा कमिटी गठन, वडासम्मै पार्टी संगठन – Nepal Press

नेकपा एसको एक महिने प्रगति: ७३ जिल्लामा कमिटी गठन, वडासम्मै पार्टी संगठन

काठमाडौं । नेकपा एकीकृत समाजवादी स्थापनाको एक महिनाभित्र ७३ वटा जिल्ला कमिटी गठन भइसकेको र ४ वटा गैरभौगोलिक जिल्ला कमिटीहरुले पनि पूर्णता पाएको सो पार्टीले जनाएको छ ।

नेकपा एसले पार्टीको मान्यता भदौ ९ मा पाए पनि पहिलो कार्यमूलक बैठक असोज ५ देखि ७ मा भएको थियो । त्यसयता पार्टी संगठन निर्माणले तीब्रता पाएको थियो ।

नेकपा एसका केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले शुक्रबार विज्ञप्ति जारी गर्दै पार्टी संगठन निर्माणको काम एक महिनामै उत्साहपूर्वक रुपमा भएको र वडा तहका कमिटीहरु निर्माण प्रक्रिया चलिरहेको जनाएका छन् ।

चाँडै नै पार्टीको केन्द्रीय मुखपत्र समाजवाद र गतिबिधिमूलक बुलेटिनका रुपमा कलम प्रकाशनको तयारी भइरहेको खतिवडाले बताएका छन् । नेकपा एसले चाँडै दुईवटा प्रदेश सरकारको नेतृत्व आफ्नो पार्टीले गर्ने भन्दै एमालेले सत्ता लिप्सा देखाएको अराोप समेत लगाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर