राजदूत आचार्य आज स्वदेश फर्कँदै, फर्कनुअघि सोनिया गान्धीसँग भेटवार्ता – Nepal Press

राजदूत आचार्य आज स्वदेश फर्कँदै, फर्कनुअघि सोनिया गान्धीसँग भेटवार्ता

दिल्ली । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य आज स्वदेश फर्कँदैछन् । सरकारले फिर्ता बोलाएपछि राजदूत आचार्य अढाइ वर्षको कार्यकाल सकेर फर्किन लागेका हुन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्तिका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

स्वदेश फर्कनुको पूर्वसन्ध्यामा राजदूत आचार्यले कांग्रेस आईका अध्यक्ष सोनिया गान्धीसँग भेटवार्ता गरेका छन् । राजदूतले आचार्यले ट्वीटरमार्फत उक्त भेटमा दुई मुलुककोे द्धिपक्षीय सम्बन्धबारे छmलफल भएको जनाएका छन् । यसअघि उनले विपक्षी दलकै नेता राहुल गान्धीसँग पनि भेट गरेका थिए ।

तर, राजदूत आचार्यले सत्तारुढ दलका शीर्ष नेताहरुलाई भने भेट्न पाएनन् । प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह लगायतसँग बिदाइ भेटका लागि उनले समय मागेका थिए ।

आचार्यले विदेश राज्यमन्त्री भी मुरलीधरण र विदेश सचिव हर्ष वर्धन श्रृंगलासँग भेट गरेका थिए । सत्तारुढ भारतीय जनता पार्टी तर्फ भने विदेश विभाग प्रमुख विजय चौथाइवाले र राम माधवलाई भेटेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर