केवल टेलिभिजन महासंघका पूर्वअध्यक्षको चेतावनी- कोठा थुनेर मार्न खोजे बिरालोले जस्तै चिथोर्छौं (भिडिओ) – Nepal Press

केवल टेलिभिजन महासंघका पूर्वअध्यक्षको चेतावनी- कोठा थुनेर मार्न खोजे बिरालोले जस्तै चिथोर्छौं (भिडिओ)

काठमाडौं । केवल टेलिभिजन महासंघका पूर्वअध्यक्ष दिनेश सुवेदीले सरकारले आफूहरूमाथि गरेको शोषण सहेर नबस्ने चेतावनी दिएका छन् । देशभरका केवल टेलिभिजन व्यवसायीको भेलामा बोल्दै उनले भने, ‘बिरालोलाई पनि कोठा थुनेर मार्न खोज्यो भने त्यसले चिर्थोछ । हामी व्यवसायी पनि त्यस्तै अवस्थामा पुगेका छौं । चिथोर्न तयार छौं । ‘

ऊर्जामन्त्री पम्फा भुसालको ध्यानाकर्षण गराउँदै सुवेदीले भने, ‘हामीले पोलको विषमा नै कुरा उठाइरहेका छौं । मन्त्री ज्यूको निर्णय हेरेर हामी कार्यक्रमहरू अगाडि बढाउने छौं । हामीले अहिले टिभीको १ जना उपभोक्ताबाट ३ सय उठाउने गरेका छौं । ३ सय नै नेपाल विद्युत प्राधिकरणलाई बुझाउन सकिँदैन् । हिजो प्राधिकरणले केवल तथा इन्टरनेट सेवा प्रदायकहरूले ढेड सय अर्ब पैसा उठाउने गरेको भनेको छ । उठाएको सबै पैसा बुझाउन सकिँदैन ।’

केवल व्यवसाय नै धरासयी हुने गरी प्राधिकरणले पोलको भाडा बढाएको उनले टिप्पणी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *