ओली सरकारले ल्याएका तीन अध्यादेशलाई प्रतिस्थापन विधेयकमार्फत निरन्तरता दिने मन्त्रिपरिषद्को निर्णय – Nepal Press

ओली सरकारले ल्याएका तीन अध्यादेशलाई प्रतिस्थापन विधेयकमार्फत निरन्तरता दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । अघिल्लो सरकारले ल्याएका विभिन्न तीन अध्यादेशलाई देउवा सरकारले निरन्तरता दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शपथसम्बन्धी अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय, पहिलो संशोधन) अध्यादेश २०७८ लाई प्रतिस्थापन विधेयकमार्फत अघि बढाएको ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यी तीनवटा प्रतिस्थापन विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर