शनिबार ९५३ काेराेनाभाइरस संक्रमित थपिए, ६ जनाको मृत्यु – Nepal Press

शनिबार ९५३ काेराेनाभाइरस संक्रमित थपिए, ६ जनाको मृत्यु

काठमाडौं उपत्यकाका थपिए ३११ जना नयाँ संक्रमित

काठमाडौ्रं । पछिल्लो २४ घण्टामा शनिबार ९५३ जना कोभिड संक्रमित थपिएका छन् । १० हजार ५७९ वटा नमुना परीक्षण हुँदा ती संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १३ सय ७१ जना निको भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

यस्तै काठमाडौं उपत्यकाका ३११ जना नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा १९८, लतिपुरमा ७३ र भक्तपुरमा ४० जनालाई संक्रमण पुष्टि भएको छ ।

हालसम्म नेपालमा ८ लाख ८१ हजार १०५ जनालाई संक्रमण भएको छ जसमा ७ लाख ५९ हजार ८७५ जना निको भएका छन् भने ११ हजार ८७ जनाको मृत्यु भएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा २ लाख १६ हजार ७२५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर