कोरोना अपडेट : शुक्रबार १४ सय संक्रमित थपिए, ९ जनाको मृत्यु – Nepal Press

कोरोना अपडेट : शुक्रबार १४ सय संक्रमित थपिए, ९ जनाको मृत्यु

१५ सय संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १४७६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ६९० वटा नमुना (१०५७५ पीसीआर र ५११५ एन्टिजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

सोही अवधिमा १५५० जना कोरोनामुक्त भएका छन् भने थप ९ जनाले ज्यान गुमाएका छन् । अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या २० हजार २८७ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ८९ हजार ८७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९० हजार २८० पुगेको छ ।

हालसम्म ७ लाख ५८ हजार ५०४ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ८१ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर