सानिमा र माछापुच्छ्रे बैंककाे लाभांश घोषणा – Nepal Press

सानिमा र माछापुच्छ्रे बैंककाे लाभांश घोषणा

काठमाडौं । बाणिज्य बैंकहरुले गत आर्थिक वर्षको लाभांश बितरण शुरु गरेका छन् । सबैभन्दा पहिले माछापुच्छ्रे बैंक र सानिमा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये १३.३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७ प्रतिशत नगद लाभांश घोषणा भएको छ ।

अघिल्लो आर्थिक वर्ष यस बैंकले ५ प्रतिशत नगद लाभांश र ११ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश घोषणा गरेको थियो ।

सानिमा बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । असोज ६ गते वसेको बैंकको सञ्चालक समितिको बैठ्कले १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृत पश्चात लाभांश सम्वन्धी प्रस्ताव बैंकको साधारण सभाले पारित गरेपछी लाभांश वितरण गरिने बैंकले जनाएको छ । यस बैंकको हाल चुक्ता पुँजी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार ८२ रुपैयाँ रहेको छ ।

सानिमा बैंकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना लागानीकर्तालाई १० प्रतिशत बोनस सेयर र ३.६ प्रतिशत नगद लाभांश गरी कुल १३.६ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर