बैठक हलमा छिर्नुअघि माधवले भने- एमालेबाट मुक्त भएर बैठकमा उपस्थित हुन पाउँदा खुसी छु(भिडिओ) – Nepal Press

बैठक हलमा छिर्नुअघि माधवले भने- एमालेबाट मुक्त भएर बैठकमा उपस्थित हुन पाउँदा खुसी छु(भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गरेर नयाँ पार्टीको केन्द्रीय कमिटी बैठमा सहभागी हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

‘खुसी नै लागेको छ,’ पहिलो पटक बस्न लागेको बैठकअघि नेपालले भने, ‘किनभने विद्रोह गरेर एउटा दक्षिणपन्थी भासमा भासिएको, कम्युनिष्ट, क्रान्तिकारी चरित्र गुमाएको, जबजको मान्यतालाई कुठराघात गरेको ठाउँबाट मुक्त भएर क्रान्तिकारी धार बोकेको नयाँ पार्टीको केन्द्रीय कमिटीमा उपस्थित हुन पाउँदा खुसी लागेको छ ।’

उनले देशभरी नयाँ पार्टीको पक्षमा तरंग पैदा गरेको र युवाहरू आकर्षित भएको बताए । दुई दिनसम्म चल्ने नेकपा (एस) को केन्द्रीय कमिटी बैठकले संगठनात्मक कार्यविभाजन सम्बन्धमा महत्वूर्ण निर्णय लिने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर