नेकपा एसको पहिलो केन्द्रीय कमिटी बैठक बस्दै, राष्ट्रिय राजनीतिमा स्थापित गर्ने गरी निर्णय लिने दावी – Nepal Press

नेकपा एसको पहिलो केन्द्रीय कमिटी बैठक बस्दै, राष्ट्रिय राजनीतिमा स्थापित गर्ने गरी निर्णय लिने दावी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठक भोलिदेखि शुरू हुँदैछ ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक भोलि अपराह्न २ बजेदेखि क्वालिटी बैंक्वेट, बुद्धनगरमा डाकिएको छ । पार्टी दर्ता गर्न जानुअघिको प्रक्रियाका लागि चन्द्रागिरीमा केन्द्रीय कमिटी बैठक बसेको थियो ।

अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने बैठक दुई दिनसम्म चल्ने छ । बैठकले पार्टीको सांगठानिक व्यवस्थापनमा महत्वपूर्ण निर्णय लिने खतिवडा बताउँछन् ।

‘यो हाम्रो पार्टीको पहिलो केन्द्रीय कमिटी बैठक हो, यसबाट हामी पार्टीलाई अझ व्यवस्थित बनाउने छौं,’ उनले नेपाल प्रेससँग भने, ‘देशैभरिका केन्द्रीय सदस्यहरुको मनोनय र कार्यविभाजनजस्ता कुरामा बैठक केन्द्रित हुन्छ । संगठनात्मक व्यवस्थापनका लागि यो केन्द्रीय कमिटी बैठक सबैभन्दा महत्वपूर्ण हो ।’

पार्टीलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्ने गरी निर्णय लिइने उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर