यी हुन एमालेको विधान महाधिवेशनमा भाग लिने प्रतिनिधि (सूचीसहित) – Nepal Press

यी हुन एमालेको विधान महाधिवेशनमा भाग लिने प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिहरुको टुंगो लगाएको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले करिब ३ हजार प्रतिनिधिको सैद्धान्तिक टुंगो लगाएको हो ।

राष्ट्रिय प्रतिनिधि परिषद् नरहेकोले विधानको बाधा अड्काउ फुकाउँदै एमालेले कुन कुन तहबाट कति सदस्यले विधान महाधिवेशनमा भाग लिन पाउने भन्ने टुंगो लगाएको हो ।

प्रचार विभाग प्रमुख योगेश भट्टराईले दिएको जानकारीअनुसार निम्न बमोजिम प्रतिनिधि रहनेछन् ।

१ः केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य
२ः अनुशासन आयोगका पदाधिकारी र सदस्य
३ः लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य
४ः निर्वाचन आयोगका पदाधिकारी र सदस्य
५ः केन्द्रीय विभागका सचिवसहित १५ सदस्य
६ः सल्लाहकार परिषदका पदाधिकारी र सदस्य
७ः जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य
८ः प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य
९ः विशेष कमिटीका पदाधिकारी र सदस्य
१०ः जिल्ला कमिटीका पदाधिकारी
११ः निर्वाचन क्षेत्रबाट महिला,दलित खुला एक सदस्य
१२ः जनसंगठनका पदाधिकारीमध्येबाट १० जना
१३ः पार्टी सदस्य रहेका संघीय संसदका सदस्य
१४ः पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य
१५ः एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख
१६ः एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनित


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर