पहिरोले अवरुद्ध बुटवल- पाल्पा सडक एकतर्फी खुल्याे – Nepal Press

पहिरोले अवरुद्ध बुटवल- पाल्पा सडक एकतर्फी खुल्याे

रुपन्देही । आइतबार विहानदेखि अवरुद्ध बुटवल पाल्पा सडक एकतर्फी खुलेको छ । पाल्पाको तानसेन नगरपालिका- ८ डुम्रेमा खसेको केही पहिरो पन्छाएपछि सडक एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी रामेश्वर त्वातीले जानकारी दिएका छन् ।

अविरल वर्षासँगै राजमार्गका एकदर्जन जति ठाउँमा पहिरो जाँदा आइतबार विहानबाट सडक अवरुद्ध भएको थियो ।

अन्य ठाउँका पहिरो आइतबार नै पन्छाएपनि डुम्रेमा ठूलो पहिरो खसेकाले सडक सुचारु गर्न समय लागेको थियो । सोमबार दिउसोसम्म विभिन्न ठाउँमा साना साना पहिरो खसेकाले समय लागेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *