जेठ २ को मिलनविन्दु पछ्याउँदै एमाले केन्द्रीय कमिटी बैठक (तस्बिरहरू) – Nepal Press
जेठ २ को मिलनविन्दु पछ्याउँदै एमाले केन्द्रीय कमिटी बैठक (तस्बिरहरू)
नेपाल प्रेस २०७८ भदौ १० गते १२:४६
२०७८ भदौ १० गते १२:४६

काठमाडौं । स्थायी कमिटी बैठकमार्फत सहमतिको मिलनविन्दुमा पुगेको नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठक शुरू भएको छ । ललितपुरस्थित तुल्सीलाल अमात्य स्मृति भवनमा जारी यो बैठकले स्थायी समिति बैठकको निर्णयलाई अनुमोदन गर्नेछ ।

एमालेको संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काएर क्रियाशील गराउने तथा १० बुँदे सहमति कार्यान्वयनबारे बैठक केन्द्रित हुने बताइएको छ । त्यसका लागि मातहतका कमिटीलाई समेत एमालेले निर्देशन दिइसकेको छ ।