‘सम्झिने पानी छम्किने’ भन्दै भुवन र दीपाश्रीको रोमान्स (भिडिओ) – Nepal Press

‘सम्झिने पानी छम्किने’ भन्दै भुवन र दीपाश्रीको रोमान्स (भिडिओ)

प्रचण्डकी नातिनीको गीतमा आकाश र स्वस्तिमा पनि

काठमाडौं । भुवन केसी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, आकाश श्रेष्ठ फिचर्ड तीजको गीत ‘सम्झिने पानी छम्किने’ इन्टरनेट रिलिज भएको छ । राजधानीमा शनिबार आयोजित प्रेसमिटमा गीत लन्च गरियो ।

भुवन र दीपाश्रीले गीत सार्वजनिक गरे । गीतमा भुवन र दीपाश्रीले जोडी बाँधेका छन् भने आकाश र स्वस्तिमालाई पनि जोडीको रुपमा देख्न सकिन्छ ।

कार्यक्रममा बोल्दै दीपाश्रीले भुवनसँग अनस्क्रिन रोमान्स गर्दा रमाइलो लागेको बताइन् । ‘भुवन दाईसँग काम गर्दा रमाइलो भयो । उहाँले पनि रोमान्टिक दृश्यमा कम्फर्टेबल महसुस गर्नुभयो’ दीपाश्रीले भनिन् ।

भुवनले पनि दीपाश्रीसँग काम गर्दा रमाइलो महसुस भएको बताए । सम्राट चौलागाइँ, रचना रिमाल, स्मिता दाहाल र ममता गुरुङको स्वर रहेको गीतलाई सम्राट चौलागाइँले कम्पोज गरेका हुन् ।

भिडियो निर्देशन र नृत्य निर्देशन विक्रम स्वाँरले गरेका हुन् । हेर्नूस गीत :

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर